Sep 08 2024 | २०८१, भदौ २३ गते

नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन १८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, फागुन १८ २०८०
  • नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपाललले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।  

    images
    images

    लगातार दुई खेलमा रोयल डक आउट र डक आउट भएका भुर्तेललाई नामिबियाविरुद्ध नेपालले बेन्चमा राखिएको छ । भुर्तेलसँगै ललित राजवंशी र सन्दीप जोरा पनि बाहिर छन् । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । पहिलो खेलमा नेपाललाई हराएको नामिबिया उच्च मनोबलका साथ मैदान उत्रिएको छ ।

    नेपाल भने पहिलो जितको खोजीमा छ । नेपालले जारी सिरिजमा लगातार दुई खेलमा पराजय बेहोरेको छ । दुई खेलमा पराजित नेपालले फाइनल खेल्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाबमा छ । सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । 

    सिरिजमा दुई खेल खेलिसकेको नामिबिया बिहीबार भने नेदरल्याण्ड्स पराजित भएको थियो । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट