Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

फाइनलमा पिएनजीले दियो नेपाललाई १७२ रनको लक्ष्य

फाइनलमा पिएनजीले दियो नेपाललाई १७२ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
  • फाइनलमा पिएनजीले दियो नेपाललाई १७२ रनको लक्ष्य

    हङकङमा जारी टी–२० त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यूगिनी (पिएनजी) ले नेपाललाई १ सय ७२ रनको लक्ष्य दिएको छ । मोंग कोकस्थित मिशन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

    images
    images
    images

    उसका लागि ओपनिङ ब्याटर टोनी उराले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा पाँच चौका र चार छक्कासहित ६१ रन बनाए । यस्तै, अलि नाओले अविजित ३०, हिला वारेले १८, हिरी हिरीले १५ र किप्लिन डोरिगाले १४ रन जोडे ।

    नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २४ रन दिएर तीन विकेट लिए । यस्तै, आकाश चन्दले ४ ओभरमा ४१ रन खर्चेर तीन विकेट नै हात पारे । करण केसी र गुलशन झाको नाममा एकरएक विकेट रह्यो । 

    नेपाल लिग चरणमा पिएनजीलाई ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनल खेल्न लागेको हो । पिएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको हो । नेपाल पिएनजीविरुद्धको अपराजित यात्रा कायमै राख्ने सोचमा छ ।  

    हालसम्म यी दुई टिमले पाँच टी–२० आई खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले चार र पिएनजीले एक खेल जितेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट