Sep 19 2024 | २०८१, असोज ३ गते

मन्त्री भण्डारीद्वारा निजी क्षेत्रसँग छलफल

मन्त्री भण्डारीद्वारा निजी क्षेत्रसँग छलफल

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत ६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत ६ २०८०
  • मन्त्री भण्डारीद्वारा निजी क्षेत्रसँग छलफल

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आज निजी क्षेत्रका प्रतिनिधिसँग लगानी सम्मेलन केन्द्रित छलफल गरेका छन्।

    images
    images

    नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधि सम्मिलित अनौपचारिक छलफलमा मन्त्री भण्डारीले आगामी वैशाख १५ र १६ गते सरकारले आयोजना गरेको लगानी सम्मेलनमा लगानीकर्तालाई सहज वातावरण निर्माण हुने कानुन बनाउने विषयमा कुराकानी गरेका हुन् । 

    विभिन्न चरणमा निजी क्षेत्रबाट सरकारले कानुन निर्माणका विषयमा सुझाव लिइसकेको छ । निजी क्षेत्रले तयारी अवस्थामा रहेका १० ऐन र दुई विनियमावलीलाई अब संशोधन नगरी जस्ताको त्यस्तै संसदमा पेस गर्न सुझाव दिएको महासङ्का महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिए ।

    लगानीकर्तालाई सहज बनाउन निजी क्षेत्रले दिएको सुझावलाई सकारात्मक रुपमा लिई उद्योग मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए । सो छलफलमा महासङ्का अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल र जोत्सना श्रेष्ठ तथा परिसङ्घका अध्यक्ष राजेश अग्रवाल र उपाध्यक्ष वीरेन्द्र पाण्डेलगायत सहभागी भए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार