images

Nov 14 2024 | २०८१, कात्तिक २९ गते

images

लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह

लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २७ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक २७ २०८१
  • लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकामा जोड दिएका छन् । 

    images
    images
    images

    नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको आज उद्घाटन गर्दै उनले  “मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धिकम समेत नकारात्मक असर पार्छ ।” 

    विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्नेमा उनले जोड दिएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार