Sep 19 2024 | २०८१, असोज ३ गते

सादा पोशाकमा प्रहरीलाई परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

सादा पोशाकमा प्रहरीलाई परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत १५ २०८०
  • सादा पोशाकमा प्रहरीलाई परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीलाई सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    images
    images

    सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर-व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्रीको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो।

    उक्त कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई उनीहरुको काम, कारबाहीकोसमेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको हो  ।

    प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट