Dec 09 2024 | २०८१, मंसिर २४ गते

images

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
  • अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

    नेदरल्यान्ड । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले बिहीबार इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको छ ।

    images
    images
    images

    इजरायलले संयुक्तराष्ट्र सङ्घसँगको सहयोगमा तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताका लागि सम्बन्धित पक्षद्वारा व्यापक रूपमा निर्बाध प्रावधान सुनिश्चित गर्न ढिलाइ नगरी प्रभावकारी उपायहरू अपनाउनु  पर्ने आईसीजेले फैसलामा उल्लेख गरेको छ ।  

    यस सहायतामा खाद्यान्न, पानी, बिजुली, इन्धन, आश्रय, कपडा, स्वच्छता र सरसफाइ आवश्यकताहरूका साथै  चिकित्सा सेवा समावेश छ । फैसलामा गाजाबाट सीमापार आवातजावत गर्ने स्थानको क्षमता र संख्या बढाइ आवश्यकताका आधारमा खुला राख्नुपर्ने जनाइएको छ  । 

    आइसीजेले यसअघि जनवरी २६ मा दिएको फैसलामा पनि इजरायललाई गाजापट्टीमा प्यालेस्टिनीहरू विरुद्धको नरसंहार रोक्न, प्यालेस्टिनी विरुद्धका उक्साहट रोक्न, प्रमाणहरू सुरक्षित गर्न र मानवीय सहायता सम्बन्धमा तत्काल कदम चाल्न आदेश दिएको छ ।

    सन् २०२३ डिसेम्बर २९ मा दक्षिण अफ्रिकाले गाजापट्टीमा प्यालेस्टिनीहरू विरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घन गरेको भन्दै इजरायल विरुद्ध कारबाहीको लागि आइसीजेमा मुद्दा दर्ता गरेको थियो ।

    अदालतले गाजापट्टीमा प्यालेस्टिनीहरूको विनाशकारी जीवन अवस्था अझ बिग्रिएको अवस्थामा प्यालेस्टिनीहरूले खाद्यान्न र अन्य आधारभूत आवश्यकताको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो । 

    पछिल्लो समय गाजामा प्यालेस्टिनीहरूले अनिकालको जोखिम मात्र सामना नगरि अनेकन मानवीय सङ्कटको सामना गर्न बाध्य भएको तथा आगामी दिनमा अझै धेरै कठिन स्थिति उत्पन्न हुन सक्ने आदेशमा उल्लेख गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट