Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत १६ २०८०
  • कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले शुक्रवार गुरुङको निलम्बन फुकुवा गरेको हो ।

    images
    images

    सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिए ।  आफूलाई निलम्बन गर्ने संसद् सचिवालयको निर्णयविरुद्ध गुरुङ गत फागुन २१ गते सर्वोच्च गएका थिए ।

    २०७९ मंसिरको चुनावमा गुरुङ मनाङबाट निर्वाचित भएका थिए । उनी २०७९ पुस १२ गतेदेखि निलम्बनमा परेका थिए । भ्रष्टाचार मुद्दामा गुरुङलाई विशेष अदालतले २०७९ फागुन १६ मा दोषी ठहर गरेको थियो ।

    समाज कल्याण परिषद्‌को भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार