images

May 17 2024 | २०८१, जेठ ४ गते

सिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

सिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत १८ २०८०
  • सिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा

    हुम्ला । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुुरु गरेको छ । 
       
    गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताए । वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले वडा नं २ देखि ८ सम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले बताए । 
        
    यस्तै वडा नं २ मा रहेका १४, वडा नं ३ का १०, वडा नं ४ मा एक, वडा नं ५ मा आठ, वडा नं ६ मा सात, वडा नं ७ मा आठ र वडा नं ८ मा रहेका ११ एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीले बताए । वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको हो । 
       
    प्रतिव्यक्ति लाग्ने बिमित रकम रु तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने भएको गाउँपालिका अध्यक्ष भण्डारीको भनाइ छ । आगामी आर्थिक वर्षबाट दीर्घरोगका बिरामीकोसमेत निःशुल्क स्वास्थ्य बीमा गरिने भएको उनले बताए । 

    images
    images

    निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बीमा कार्यक्रमा समेटिने भएको अध्यक्ष भण्डारीको भनाइ छ । असारपछि दलित, विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष तथा महिलालाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार