images

Jul 27 2024 | २०८१, साउन १२ गते

प्रतितोला चार सयले घट्यो सुनको मूल्य

प्रतितोला चार सयले घट्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २० २०८०
  • प्रतितोला चार सयले घट्यो सुनको मूल्य

    काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु चार सयले घटेको छ । 

    images

    सोमबार तोलामा रु एक लाख ३१ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३१ हजार दुई सय निर्धारण भएको छ । 

    यस्तै, तेजावी सुन सोमबार तोलामा रु एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३० हजार पाँच सय ५० निर्धारण भएको छ । 

    त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार पाँच सय ४५ निर्धारण गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार