Sep 08 2024 | २०८१, भदौ २३ गते

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला एक लाख ३१ हजार दुई सयमा कारोबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला एक लाख ३१ हजार दुई सयमा कारोबार

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २१ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २१ २०८०
  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड,  प्रतितोला  एक लाख ३१ हजार दुई सयमा कारोबार

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो । 

    यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला रु एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ । 

    चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक हजार पाँच सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने रु ६५ले बढेर रु एक हजार छ सय १० बराबरको मूल्य निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट