Sep 19 2024 | २०८१, असोज ३ गते

संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो : शेखर कोइराला

संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो : शेखर कोइराला

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २२ २०८०
  • संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो : शेखर कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा स्थिरता दिन र विकास गर्न नेपाली कांगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

    images
    images

    बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको गठबन्धनले कुनै निकास नदिने बताए । ‘अहिले जुन गठबन्धनहरु चलिरहेको छ नि, एमाले र माओवादीको । यो भन्दा पहिला नेपाली कांग्रेस र माओवादीको । यो गठबन्धनले देशको आर्थिक विकास हुने त कुनैपनि सम्भावना छैन, यस्तो गठबन्धनहरुले’, उनले भने । यसअघि पहिलो संविधानसभा निर्वाचनमा चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दा पनि संविधान नबनेको कोइरालाले स्मरण गरे । तर दोस्रो संविधानसभामा एमाले र कांग्रेस मिलेपछि संविधान बनेको उनले बताए ।

    ‘संविधान बनाउन नेपाली काँग्रेस र एमाले नै चाहियो । त्यसलाई ध्यानमा राखेर देशलाई स्थिरता दिने र विकास दिने हो भने नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनुपर्छ’, नेता कोइरालाले भने । कोशी प्रदेश सरकार अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिलेको कोशी सरकार संविधानमा रहेको सरकार गठनको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताए ।

    कोशी सरकार विघटन भए मध्यावधिमा जाने उनले बताए । अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्ने कुरा नैतिकताको कुरा रहेको कोइरालाले बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार