Sep 19 2024 | २०८१, असोज ३ गते

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त 

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, चैत २३ २०८०
  • लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त 

    काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् ।शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

    images
    images

    बिहीबार सत्ता साझेदार दलहरूबीच दाङको देउखुरीमा बसेको बैठकले मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेस गर्ने निर्णय गरेको थियो।
     
    सोही निर्णयअनुसार शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ जनासहित ४४ जना सांसदको समर्थन पेस गरेका हुन्।  

    केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएका थिए। प्रदेश प्रमुख शेरचनले शुक्रबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए।  

    लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४ सांसद छन्। राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद रहेका छन्। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार