Sep 19 2024 | २०८१, असोज ३ गते

एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

एभरेष्ट हेडलाइन्स
शनिबार, चैत २४ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, चैत २४ २०८०
  • एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । 

    images
    images

    बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न आज केन्द्रीय कार्यालयमा बैठक बस्न लागिएको कार्यालयका सचिव डा अधिकारीले जानकारी दिए । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ । 

    परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार