Nov 25 2024 | २०८१, मंसिर १० गते

images

प्रतिनिधिसभा बैठक : प्रतिपक्ष र सरकार दुवै पक्षबाट अवरोध, बैठक स्थगित

प्रतिनिधिसभा बैठक : प्रतिपक्ष र सरकार दुवै पक्षबाट अवरोध, बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
  • प्रतिनिधिसभा बैठक : प्रतिपक्ष र सरकार दुवै पक्षबाट अवरोध, बैठक स्थगित

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌ बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरूले उठेर संसद्‌मा अवरोध गरेका थिए । 

    images
    images
    images

    सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशिला थिङले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका उपप्रधान तथा गृह्यमन्त्री रवि लामिछानेमाथि कारबाही किन हुँदैन भन्दै प्रश्न गरेकी छन् । उनले लामिछानेको ठाउँमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्नसमेत गरेकी छन् । सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारबाहीको दायरामा आउनुपर्ने माग गरिन् ।

    सांसद थिङले सहकारी प्रकरणबारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णयसमेत संसद्‌मा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट