Nov 25 2024 | २०८१, मंसिर १० गते

images

रेमिट्यान्स र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

रेमिट्यान्स र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, चैत २७ २०८०
  • रेमिट्यान्स र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोच अन्त्य गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

    काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोच सरकारले राख्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, भन्सार राजश्व र विदेशी सहयोगका आधारमा चलाउने सोचले सरकार चल्यो भने मुलुकमा आर्थिक समृद्धि हुन नसक्ने बताए । उनले सरकारले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगलाई मात्रै केन्द्रबिन्दुमा राख्न नहुने बताए ।

    परराष्ट्रमन्त्री श्रेष्ठले पुँजी वृद्धि, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि र निर्यात प्रवद्धनसहित व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको दाबी गरे । उनले त्यसको लागि निजी क्षेत्र र सरकारपक्ष बसेर खुला छलफल र बहस गर्नुपर्नेमा जोड दिए ।

    उनले पुँजी वृद्धि,पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकास र व्यापार घाटा कम गर्न आर्थिक क्रियाकलापलाई गति दिन आवश्यक रहेको बताए । उनले सरकारले उत्पादन, रोजगारीमा वृद्धि,आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्धनमा जोड दिने बताए । उनले आर्थिक क्रियाकलापलाई गति दिनको लागि सरकारको नीति योजना र बजेट त्यहीअनुसार हुनुपर्ने आवश्यकता रहेको बताए ।

    ‘पुँजी वृद्धि समस्या, पुँजीगत खर्च कार्यान्वयन गर्ने क्षमता विकासको समस्या र व्यापार घाटा कम गर्ने ती विषयलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि आर्थिक क्रियाकलापलाई असाधरण रुपले तिव्र बनाउनु ,उत्पादन र रोजगारीमा वृद्धि गर्नु,आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवद्धन गर्नुपर्ने आवश्यकता छ ।

    यो काम गर्नको लागि सरकारको नीति योजना र बजेट त्यही अनुसार हुनु पर्ने आवश्यकता हुन्छ । सरकारले परम्परागत रुपमा सोच्दै आएको ढङ्गले अर्थतन्त्रलाई गति दिन नसक्ने अवस्था हुन्छ । त्यसको लागि हामीले तीन वटा कुराबाट राज्य चलाउने विषयको अन्त्य गर्नुपर्छ’ उनले भने,’एउटा रेमिट्यान्सको आधारमा अर्थतन्त्र चलाउने सोच, भन्सार राजश्वको आधार मान्ने सोच र विदेशी सहयोगलाई केन्द्रबिन्दुमा राखेर देश चलाउँछु, भन्ने सोच गलत हुन्छ । कहिल्यै विकास हुन सक्दैन । आर्थिक समृद्धि हासिल गर्न सक्दैन । हामीले गर्नुपर्ने पुँजी वृद्धि नै हो । पुँजीगत खर्च कार्यान्वयन वृद्धि नै हो । निर्यात प्रवद्धनसहित व्यापार घाटा कम गर्नुपर्ने आवश्यकता छ । त्यसको लागि निजी क्षेत्र र सरकारपक्ष खुला छलफलमा बस्यौं ।’

    उनले सरकारले मुलुक रेमिट्यान्स,राजश्व र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोचको अन्त्य गर्नुपर्ने उल्लेख गरे । सरकारले परम्परागत रुप भन्दा पनि नयाँ सोचका साथ अर्थतन्त्रलाई गति दिनु सरकारको पहिलो प्राथमिकता रहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट