Sep 20 2024 | २०८१, असोज ४ गते

निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन : लिङ्देन

निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन : लिङ्देन

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
  • निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन : लिङ्देन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निजी क्षेत्रमैत्री ऐन कानुनहरू नबनाए सम्म देश विकास नहुने टिप्पणी गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभामा उनले, निजी क्षेत्र मैत्री ऐन कानुनहरू नबनेसम्म देश पनि नबन्ने भएकाले सरकारले बनाउने ऐन कानुनहरू निजी क्षेत्र मैत्री हुनुपर्ने बताएका हुन् ।

    images
    images

    उनले भने, ‘जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन । निजी क्षेत्र मैत्री ऐन कानुनहरू बन्दैन र सरकारमा बस्नेहरूको नियतमा सुधार हुँदैन तबसम्म देश बन्दैन । त्यसैले सरकारले बनाउने ऐन कानुनहरू निजी क्षेत्र मैत्री हुनुपर्छ ।’ अध्यक्ष लिङ्देनले जति सुकै ठुलो लगानी सम्मेलनको आयोजना गरे पनि लगानीमैत्री ऐन कानुन निर्माण नभएसम्म लगानीकर्ता नेपालमा लगानी गर्न नआउने धारणा राखे ।  अघिल्ला लगानी सम्मेलनका प्रतिबद्धताहरू पूरा भए नभएको समीक्षा गर्नासाथै देश लगानीको लागि तयार छ कि छैन भन्ने कुराको टुङ्गोमा पहिला पुग्नुपर्ने उनको भनाई छ ।

    अघिल्ला लगानी सम्मेलनमा भएका प्रतिबद्धता पूरा नभएको स्मरण गराएका लिङ्देनले देशमा लगानी मैत्री वातावरण निर्माणको लागि तयार भए नभएकोबारे सरकारले आफ्नै समीक्षा गर्नुपर्नेमा जोड दिए ।  ‘तपाईँहरूले जति सुकै ठूल्ठूला लगानी सम्मेलन गर्नुहोस्, ऐन कानुनहरू लगानी मैत्री छैनन् भने कसले लगानी गर्छ ? अघिल्ला लगानी सम्मेलनका प्रतिबद्धताहरू पूरा भएकी भएन ? त्यो पनि हेर्नुहोस् । त्यसैले देश लगानीको लागि तयार छ कि छैन ? त्यो कुरा पहिले टुङ्गोमा पुग्नुपर्‍यो । आज निजी क्षेत्रको मनोबल कति गिरेको छ ?’ लिङ्देनले प्रश्न गरे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट