Sep 20 2024 | २०८१, असोज ४ गते

नेपालको वायु प्रदूषणको स्तर पाकिस्तान र भारतको भन्दा पनि खराब,डढेलो नियन्त्रण नभए अझै बढ्ने

नेपालको वायु प्रदूषणको स्तर पाकिस्तान र भारतको भन्दा पनि खराब,डढेलो नियन्त्रण नभए अझै बढ्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
  • नेपालको वायु प्रदूषणको स्तर पाकिस्तान र भारतको भन्दा पनि खराब,डढेलो नियन्त्रण नभए अझै बढ्ने

    काठमाडौँ । काठमाडौँको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । अत्यन्त अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल सबैभन्दा माथि छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे आठ बजेसम्म नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ ।

    images
    images

    आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४१ छ । पाकिस्तानको लाहोरको २०६ र भारतको नयाँदिल्लीको २०४ एक्युआई छ ।

    एक्युआई २०० भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा मानिसहरुलाई घरबाट ननिस्किन सुझाव दिने गरिन्छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको हो ।

    विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने वेबसाइट आईक्यू एयरका अनुसार बुधबार बिहान काठमाडौँको हावाको स्तर खराब बन्दै २६४ अङ्कमा पुगेको छ ।

    काठमाडौँ उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । नेपालको वातावरण विभागले आज बिहान गरेको मापन अनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १९६, नेपालगञ्जको १७२, ललितपुर पुल्चोकको १६९ र पोखराको १५६ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट