Sep 20 2024 | २०८१, असोज ४ गते

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, चैत २८ २०८०
  • भोलि सार्वजनिक बिदा

    काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद-उल फित्र(ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । 

    images
    images

    सरकारले हरेक वर्षको ईद-उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम  दिन बिहीबार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।

    मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट