Sep 20 2024 | २०८१, असोज ४ गते

प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तिब्र पारेका छौं :उपप्रधानमन्त्री लामिछाने

प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तिब्र पारेका छौं :उपप्रधानमन्त्री लामिछाने

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २९ २०८०
  • प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तिब्र पारेका छौं :उपप्रधानमन्त्री लामिछाने

    जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजनलाई मूर्त रुप दिनका लागि छलफल तिब्र पारिएको बताएका छन्। 

    images
    images

    जनकपुरधाममा मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले प्रहरी समायोजनलाई पूर्णता प्रदान गर्नका लागि गम्भिर भएर छलफललाई तिब्र पारिएको बताएका हुन्। 

    पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन छिट्टै गर्ने अभिव्यक्ति दिइरहेको समयमा गृहमन्त्री लामिछानेले पनि प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागेपनि त्रुटी बिना समायोजन गरिने प्रतिबद्धता व्यक्त गरे। प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीहरुसँग दुई चरणको छलफल समेत भइसकेको बताए। यद्यपि यकिन गरेर कहिले प्रहरी समायोजन कहिले हुन्छ ? भन्ने विषयमा भन्न नसकिने उनको भनाइ थियो।

    गृहमन्त्री लामिछानेले आरोप लाग्ने र उजुरी पर्ने बित्तिकै सांसद एवं मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेसले राजीनामा माग गरेको र संसद अवरोध गरिरहेकोबारे सञ्चारकर्मीको प्रश्नमा कांग्रेसको मागभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले एक कदम अघि बढेर उजुरी पर्ने बित्तिकै सांसद, मन्त्री सबैले राजीनामा दिनेगरी सर्वदलीय सहमति गर्न प्रस्ताव गरिसकेको बताए।  

    कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्न स्वतन्त्र, उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताए। गोष्ठीमा स्थानीय प्रशासनले कानून कार्यान्वयनमा पूर्ण सक्रियताका साथ कार्य गर्ने र संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार मातहतका निकायहरु बीचको समन्वयलाई थप प्रभावकारी बनाउने साझा प्रतिबद्धता भएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट