Sep 20 2024 | २०८१, असोज ४ गते

मौसम : हल्का वर्षाको सम्भावना

मौसम : हल्का वर्षाको सम्भावना

एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , चैत २९ २०८०
  • मौसम : हल्का वर्षाको सम्भावना

    काठमाडौँ । आज काठमाडौँ उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । 

    images
    images

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि साँझसम्म हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

    महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए । “यो समय प्रि–मनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन् भन्ने हुँदैन । मलुकका केही स्थानमा बर्षा हुन्छ”, उनले भने, “ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायुप्रदूषण न्यूनीकरणमा भने टेवा पुग्ने देखिँदैन ।”
     
    उनका अनुसार लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको उनको भनाइ छ । 

    कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहने छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । माहाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

    आज राति भने कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट