आज विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा
आज विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा
लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिँदै छन् । शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट महराले विश्वासको मत लिने संसद्को कार्यसूची छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा सत्ता गठबन्धन दलको समर्थनमा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टी (जसपा) ३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गरी ४४ सांसदको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका हुन् । महरालाई पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) समर्थन गरेको थियो ।
नाउपाका ४ सांसद छन् । नाउपा २ मन्त्रालय र नेकपा एस र स्वतन्त्र पनि मन्त्री पद सुनिश्चित गरेपछि मात्र विश्वासको मत दिने अडानमा छन् । महराले चार सदस्यीय सानो आकारको मन्त्रिमण्डल बनाइसकेका छन् ।