images

May 17 2024 | २०८१, जेठ ४ गते

नेपाल र हङकङबीचको खेल वर्षाले ढिलाइ

नेपाल र हङकङबीचको खेल वर्षाले ढिलाइ

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३ २०८१
  • नेपाल र हङकङबीचको खेल वर्षाले ढिलाइ

    काठमाडौँ । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा अहिले नेपालले हङकङसँग खेल्दैछ ।  खेल टस नहुँदै वर्षाले गर्दा अवरुद्ध भएको छ । ११ः४५ देखि शुरु हुनुपर्ने खेलमा टससमेत भएको छैन । 

    images
    images

    यो खेलमा जित हासिल गर्दा समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपालले सेमिफाइनलमा ठाउँ बनाउन सक्नेछ । 

    यो खेलमा नजर नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीमाथि नै हुनेछ । किनकि यसअघिको कतारविरुद्धको खेलमा उनले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । 

    प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । नेपाल रहेको समूह ए मा नेपाल र मलेसियासहित हङकङ, कतार र साउदी अरेबिया रहेका छन् । 

    समूह बीमा यूएई, ओमान कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । 

    नेपाल र कतारबीचको दोस्रो खेल

    नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गर्यो । 

    नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१० रन बनायो । खेलमा आसिफ शेखको संयम तथा दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको आक्रमणमा नेपालले उक्त योगफल बनाएको हो । 

    ऐरीले २१ बलमा अविजित रहँदै ६४ रन बनाए । उनी एक्लैले ७ छक्का हाने । दिपेन्द्रले एकै ओभरमा ६ छक्का हानेर रेकर्ड राखे । दिपेन्द्र अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी हुन् ।

    टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले इङ्गल्याण्डविरुद्ध सन् २००७ मा र वेस्ट इण्डिजका केरन पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

    एक दिवसीय विश्वकपमा सन् २००७ मा दक्षिण अफ्रिकाका हर्सल गिब्सले नेदरल्यान्ड्सविरुद्ध पनि एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

    यसअघि दिपेन्द्रले चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउने क्रममा लगातार ६ छक्का प्रहार गरेका थिए । तर त्यो एके ओभरमा भने सम्भव भएको थिएन । 

    कतार विरुद्धको खेलमा आसिफ शेखले ४१ बलमा ५२ तथा मल्लले १८ बलमा ३५ रन बनाए । कप्तान रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन बनाए । 

    जवाफमा कतारले ९ विकेटको क्षतिमा १७८ रन बनाउन सक्यो । कप्तान मुहम्मद तन्वीरले ३३ बलमा ६३ रन बनाएको इनिङ्समा अलराउन्डर दिपेन्द्रसँगै ललित राजवंशी र गुल्सन झाले समान २–२ विकेट लिए । कुशल र अविनाश बोहराले १–१ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार