images

May 03 2024 | २०८१, वैशाख २१ गते

माधव नेपाल र ज्ञानेन्द्र शाहीले खेले फिल्म

माधव नेपाल र ज्ञानेन्द्र शाहीले खेले फिल्म

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
  • माधव नेपाल र ज्ञानेन्द्र शाहीले खेले फिल्म

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फिल्म 'नमेटिने घाउ' मा अभिनय गरेका छन्। 

    images
    images

    मंगलबार बिहान काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा फिल्मका लागि अध्यक्ष नेपालको दृश्य खिचिएको छ। उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा' का सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि मंगलबार खिचिएको छ। 

    एसिड आक्रमणविरूद्धको प्रदर्शनमा माधव नेपाल र ज्ञानेन्द्र शाही सहभागी भएको दृश्य खिचिएको हो। उनीहरूले केही संवाद समेत दिएका छन्। 

    अभिनेता रमित ढुंगानाको निर्देशनमा निर्माण भइरहेको यो फिल्ममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहनेछ। ओलीको छायांकन बिहीबारका लागि तय गरिएको जनाइएको छ। फिल्ममा उनले 'प्रधानमन्त्री'को भूमिका निर्वाह गर्नेछन्। उनीसँगै अन्य केही नेताहरूको दृश्यसमेत बिहीबार खिचिने जनाइएको छ। 

    'नमेटिने घाउ' एसिड पीडितहरूको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म हो। रमित ढुंगाना फिल्म प्रोडक्शन ब्यानरमा निर्माण भइरहेको फिल्ममा एसिडपीडित मुस्कान खातुनको समेत अभिनय रहनेछ ।

    उनीसहित सिम्रन खड्का, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहालगायत कलाकारहरू फिल्ममा देखिनेछन्। 

    एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर शिवम् अधिकारीले फिल्मको कथा लेखेका हुन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट