images

May 17 2024 | २०८१, जेठ ४ गते

मधेस सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

मधेस सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
  • मधेस सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

    काठमाडौँ । मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    images
    images

    सोही निर्णयअनुसार यसअघि पार्टीबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिइसकेका छन् । प्रदेश सभामा लोसपाका ९ जना सांसद छन् ।

    मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो ।

    तर, जनमत पार्टीले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो । १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार