Sep 20 2024 | २०८१, असोज ४ गते

गृहमन्त्री लामिछाने भन्छन् - के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

गृहमन्त्री लामिछाने भन्छन् - के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख ४ २०८१
  • गृहमन्त्री लामिछाने भन्छन् - के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

    काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् ।  रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गरेका हुन् ।

    images
    images

    उनले आफ्नो नाममा नक्कली खाता खोलेर ऋण प्रावह भएको जनाउँदै आफूले ऋण नलिएको र व्यक्तिगत खातामा सहकारीको पैसा नआएको दाबी पनि गरेका छन् । उनले अनुसन्धानले देखाएअनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फारम, तिनपुस्ते विवरणलगायतका कुनै विवरण नभएको तथा ल्याप्चे, हस्ताक्षरसमेत नभएको पनि बताएका छन् ।  

    उनले के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?भन्दै प्रश्न पनि गरेका छन् । उनले गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालीन समयमा शेयरधनी रहेकोबाहेक अरु केही नभएको जानकारी गराउँदै अभियोगपत्रमा पनि सोही कुरा उल्लेख भएको दाबी गरेका छन्।  उनले सहकारी ठगी कार्यमा कहीँकतैबाट नजोडिएको र नदेखिएको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न पनि अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट