नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।