images

May 02 2024 | २०८१, वैशाख २० गते

विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ

विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
  • विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ

    ओट्टावा । क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको वर्ष करोडौं डलर बराबरको सुन चोरी मामिलामा क्यानडा र अमेरिकाका प्रहरीहरूले ६ जनालाई पक्राउ गरेका छन् । प्रहरीले अन्य तीन जनाका नाममा पक्राउ पुर्जी जारी गरेको छ ।

    images
    images

    यो घटनालाई प्रहरीहरूले विमानस्थलका कर्मचारीको मिलिमतोमा भएको बताइरहेको छ । ९ जना संदिग्धमाथि १९ भन्दा बढी अभियोग लगाइएको छ । सन् २०२३ को अप्रिल १७ मा नक्कली कागजपत्र प्रयोग गरेर एउटा कार्गो कन्टेनरबाट २ करोड २० लाख डलर (२ अर्ब ९४ करोड ७३ लाख नेपाली रुपैयाँ) भन्दा बढी मूल्य सुनको बार र विदेशी मुद्रा चोरिएको प्रहरीको भनाइ छ ।

    ती सुन र विदेशी मुद्रा स्वीट्जरल्यान्डको जुरिखबाट एयर क्यानडाको उडानबाट ल्याइएको थियो । सो चोरीमा एयर क्यानडाका कम्तीमा दुई जना पूर्व कर्मचारीले सघाएको प्रहरीको भनाइ छ । एक जना सन्दिग्ध अहिले हिरासतमा छन् भने अर्कोको नाममा पक्राउ पुर्जी जारी गरिएको छ ।

    यो चोरी गर्न चोरहरूलाई एयर क्यानडाभित्रकै मान्छे चाहिएको थियो । घटनाको समयमा दुवै जना पूर्व कर्मचारी एयर क्यानडाको कार्गो एकाईमा काम गर्थे । एक जनालाई निलम्बित गरिएको छ भने अर्को एक जनाले पक्राउ पुर्जी जारी भएपछि जागिर छाडेका थिए ।

    सन् २०२३ को सेप्टेम्बरमा सडक नियम उल्लङ्घन गरेको आरोपमा पेन्सिल्भेनियामा पक्राउ परेको क्यानडेली पुरुष कार्गो कन्टेनर चोरी गर्ने ट्रक ड्राइभर भएको खुलासा भएको छ । यो घटनामा परिष्कृत अपराध समूहको हात रहेको बताइएको छ । यो क्यानडाको इतिहासको सबैभन्दा ठुलो सुन चोरी थियो । यो विश्व इतिहासको छैटौँ ठुलो भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट