images

May 03 2024 | २०८१, वैशाख २१ गते

सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाकै १७ सय २० रूपैयाँ

सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाकै १७ सय २० रूपैयाँ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
  • सुनको मूल्यले बनायो रेकर्ड, चाँदी तोलाकै १७ सय २० रूपैयाँ

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको हो ।

    images
    images

    आज छापावाल सुनको मूल्य तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बैशाख ४ गते सुनको मूल्य तोलाको १ लाख ३९ हजार २ सय रूपैयाँ कायम हुँदै रेकर्ड कायम गरेको थियो ।

    शुक्रबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट