Sep 20 2024 | २०८१, असोज ४ गते

अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ

अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, वैशाख ७ २०८१
  • अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ

    काठमाडौँ । चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उनले नेपालबारे ‘गुगल सर्च’ गरिन् । उनको सूचनामा  नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो । 

    images
    images

    रुवान्डाबाट नेपालसम्मको हवाई यात्राभरी उनको कल्पनामा नेपाल पहाड र चुचुरा मात्र थियो । अफ्रिकासँग नेपालको भाषा या शैली मिल्ने कुरा पनि भएन । तर उनीसँग स्काउटले सिकाएको सिक्ने र सिकाउने बानी छ । तर कसरी गर्ने होला ? यो कुरा उनको दिमागमा खेलिरहेको थियो । 

    यही स्वभावका कारण क्रिस्टिनाले सबैभन्दा पहिला नेपाली भाषा सिक्न थालिन् । सुरुमा खानाका परिकार र त्यसपछि सञ्चोबिसञ्चोको खबर आदानप्रदानका केही शब्दबाट सुरु भएको उनको नेपाली भाषा सिकाइ अहिले आफ्नो परिचयसम्म पुगेको छ । अहिले उनी आफ्नो छोटो परिचय नेपाली भाषामै दिनसक्ने भएकी छन् ।

    स्काउटमार्फत नेपाल आएकी उनले चार महिनामै नेपाली भाषा र संस्कृति सिकिसकेकी छन् । अहिले त आफ्नो परिचय पनि नेपाली भाषामै दिन्छिन् । भेट हुने नेपालीसँग उहाँ भन्नुहुन्छ, “नमस्कार म क्रिस्टिना, अफ्रिकाको रुवान्डाबाट नेपाल आएकी ।” 

    क्रिस्टिनालाई लाग्छ, कसैसँग आत्मियता बढाउनु छ भने उसको भाषा र शैली सिक्नुपर्छ । यसले छिट्टै उनीहरुसँग घुलमिल हुन र अपनत्व बढाउन सजिलो हुन्छ । अफ्रिकाबाट नेपाल आएको चार महिना नपुग्दै उनले नेपाली शब्द कोष समेत बटुल्न थालेकी छन् । 

    यतिबेला नेपाल स्काउटको निम्तोमा अफ्रिकाका विभिन्न देशबाट क्रिस्टिनासहित पाँच किशोरी नेपाल आएकी छन् । घाना, मलावी, मदगास्कर, रुवान्डा र युगान्डाका किशोरीहरुले यहाँको संस्कृति र भाषा सिक्ने मात्रै होइन, आफ्नो अनुभव समेत विद्यालयहरुमा पुगेर सुनाउने गरेकी छन् ।

    उनीसँगैकि रेश्मा सलिम मलावीबाट आएकी छन्। अफ्रिकी मूलकी युवतीको नाम कसरी रेश्मा रहन गयो ? उनलाई धेरै नेपालीले सोध्ने प्रश्न हो यो । उनको नामसँगै पूर्वीय इतिहास जोडिएको छ । हजुरआमा भारतीय मूलकी भएकाले नातिनीको नाम रेश्मा राखेको उनले सुनाइन् ।

    रेश्मालाई नेपाल मन पर्नुमा छिमेकी मुलुक भारतको निकटता पनि रहेछ । मावली देश भारतकै छेउमा आउदा नेपालप्रति उनमा आत्मीय भाव छ । “म मावली छेउमै छु जस्तो लागेको छ”, उनले भनिन््, “कोमल हृदय भएका यहाँ धेरै मान्छे रहेछन् ।”  

    मदागास्करकी फेलाना भने नेपालको प्राकृतिक सौन्दौर्यबाट मोहित छिन् । केही सुन्दरता तस्वीरमा कैद गरेकी छिन् । घानाबाट आउनुभएकी युजेनिया इडोइफ्याड्रोलाई नेपालको एड्भेञ्चरले खुबै तानेको छ रे । 

    स्काउटले किशोरीलाई सशक्तिकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेपाल स्काउटकी युवा कार्यक्रम अधिकृत सरु गोसाईले जानकारी दिइन् ।

    यस  ‘गर्ल्स मुभमेन्ट’ ९एसस०की नेपालको संयोजक समेत रहेकी सरुका अनुसार स्काउटमा दुई वटा विश्व सङ्गठन छन् । एउटा वर्ल्ड अर्गनाइजेसन अफ स्काउट द मुभमेन्ट ९वजम० र अर्को वर्ल्ड एसोसिएसन अफ गर्ल गाइडस् एण्ड गर्ल्स स्काउटस ९वाग्स० । यही वाग्स अन्तर्गत विभिन्न इनिसिएटीभ्सहरु छन् । जसमध्ये ‘यस गर्ल्स मुभमेन्ट’ पर्छ । यो युथ एक्सचेन्ज साउथ टु साउथ हो । यो विधामा ‘एक्सचेन्ज प्रोग्राम’ हुन्छ । एउटा छ महिना र अर्को १० महिनाको हुन्छ । जसमा १३ वटा देश आबद्ध छन् । यसअन्तर्गत नेपाल र बङ्गलादेश पनि छन् । विभिन्न देशका स्काउटहरु स्वंयसेवकमा आएर एक अर्काको देशमा अनुभव बुटल्ने गर्छन् । 

    यसै अन्र्तगत यसपटक अफ्रिकाबाट पाँच जना किशोरी स्काउट स्वंयमसेविकाका रुपमा नेपाल आएका हुन् । उनीहरुले यहाँ बसुन्जेल यहाँको काम गर्ने तरिका, जीवनशैली, भाषा, गतिविधि र परिवेश अवलोकन गर्नेछन् । नेपालबाट पाँच जना किशोरी पाँच वटा फरक देशमा बसेर काम गरिरहेका छन् । नेपालमा सन् २०१८ मा यो कार्यक्रम सुरु भएको हो । सुरुमा तीन जना पठाउने गरिन्थ्यो भने अहिले सङ्ख्या बढाएर पाँच पुर्‍याइएको छ । सन् २०२० बाट पठाउने र बोलाउने गर्न थालिएको हो । यसभन्दा अघि बोलाउने मात्रै गरिन्थ्यो । 

    सरुका अनुसार सहभागी अफ्रिकाका स्काउट स्वयंसेवकहरु विभिन्न सामुदायिक र निजी स्कुलमा गएर कार्यक्रमहरु सञ्चालन  गर्ने, स्काउटमा बस्नुको महत्व बुझाउने, शिक्षासम्बन्धी चेतना जगाउनेलगायत चेतनामुलक कार्यक्रमहरु पनि गर्छन् । 

    यसै अन्तर्गत ‘ग्रीन टेक जेनेरेसन’ अभियान छ । यसमा वातावरणसम्बन्धी जानकारीमुलक क्रियाकलाप हुन्छ । अर्को ‘रेड प्राइड’मा महिनावारीसँग सम्बन्धित शिक्षाहरु दिइन्छ र सिकाइन्छ । यस वर्ष नयाँ कार्यक्रम थपिएको छ । जुन विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसँग सम्बन्धित छ । 

    तुलनात्मक रुपमा यस क्षेत्रमा पुरुषको भन्दा महिलाको उपस्थिति न्यून छ । सहभागिता बढाउन जोड दिने हेतुले यो कार्यक्रम थपिएको हो । साथै ‘एस गर्ल्स क्यान क्याम्पेन’अन्तर्गत मूल नारा ‘एस गर्ल्स क्यान से नो टु साइवर बुलिङ’ रहेको छ । पछिल्लो समय अनलाइनमार्फत हुने विभिन्न हिंसाबाट सुरक्षित हुने तरिका सिकाउँदै आइएको सरुले बताइन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट