Sep 20 2024 | २०८१, असोज ४ गते

तराईमा उखरमाउलो गर्मी बढ्यो, बजार र सडकसमेत सुनसान हुन थाले

तराईमा उखरमाउलो गर्मी बढ्यो, बजार र सडकसमेत सुनसान हुन थाले

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ९ २०८१
  • तराईमा उखरमाउलो गर्मी बढ्यो, बजार र सडकसमेत सुनसान हुन थाले

    काठमाडौँ । तराई क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण उखरमाउलो गर्मी सुरु भएको छ । तराई क्षेत्रमा बैशाख लागेसँगै गर्मी ह्वात्तै बढेको हो ।

    images
    images

    टन्टलापुर घाम लागेर अत्यधिक गर्मी हुन थालेसँगै सर्वसाधारण प्रभावित भएका छन् । बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी हुँदा सडक र बजारमा मानिसको आउजाउ पातलो हुन थालेको छ ।

    भैरहवा, सिमरा , नेपालगञ्ज जनकपुर र धनगढीको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । ति क्षेत्रमा चर्को घाम र गर्मीका कारण आसपासका गाँउ शहर दिउँसो चकमन्न हुन थालेका छन् । गर्मीका कारण विशेषगरी ज्याला मजदुरी र खेती किसानी गर्नेहरु सबै भन्दा बढी मारमा परेका छन् ।

    सर्लाहीको बागमती, बरहथवा, मलंगवा, बयलवास, हरिपुर, गोडैतासहित सम्पूर्ण हाटबजार सुनसान बनेका कारण ब्यापार व्यवसाय घटेको व्यवसायी बताउँछन् । दिउँसोपख चर्को घामसँगै तातो हावा चल्दा अत्यावश्यक काम परेर बाहिर निस्कन समेत सास्ती हुन थालेको छ ।

    चर्को घाम र तातो हावाका कारण दिनहुँ तराइको तापक्रम बढ्दो छ । गर्मी बढ्दै जाँदा गर्मीजन्य संक्रमणका कारण सर्वसाधारण विरामी हुने क्रम सुरु भएको छ ।

    चिकित्सकहरुले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, शरीरलाई शितलता दिने खानेकुरा खान र बाहिरी खानेकुरा सकभर नखान सुझाव दिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट