images

May 09 2024 | २०८१, वैशाख २७ गते

दुई मन्त्री नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा, अहिरले दिए राजीनामा

दुई मन्त्री नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा, अहिरले दिए राजीनामा

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख ९ २०८१
  • दुई मन्त्री नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा, अहिरले दिए राजीनामा

    काठमाडौँ । सरकार गठन भएको एक सातामै लुम्बिनी प्रदेश सरकारबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टी बाहिरिएको छ । सरकार गठनका बेला भएको सहमति कार्यान्वय नभएको भन्दै जसपाले सरकार छाडेको हो ।

    images
    images

    जसपाको तर्फबाट कृषिमन्त्री बनेका भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिएका छन् । मन्त्रीबाट हटेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जसपाले जनाएको छ ।

    मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुअघि जसपालाई २ मन्त्रालय दिने भनिएपनि अन्तिममा एउटा मात्र मन्त्री दिएको भन्दै जसपा असन्तुष्ट थियो । अहिर २५ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट