images

May 08 2024 | २०८१, वैशाख २६ गते

मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट हुने

मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट हुने

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख १० २०८१
  • मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट हुने

    काठमाडौँ । मानवता प्रवर्द्दनको लागि आयोजना हुन लागेको सांगीतिक कार्यक्रमको तयारीको लागि नेपालबाट व्यवस्थापकिय टोली शुक्रबार बेलायत प्रस्थान गरेको छन् ।

    images
    images

    मानवसेवा आश्रम बेलायत च्यापटरको निमन्त्रणा एवं आयोजनामा आगामी मे ५ मा बेलायतमा  हुन गईरहेको समाजसेवी तथा लोकप्रिय गायिका आनी छोइङ डोल्मा सांगीतिक कन्सर्टको तयारीको लागि व्यबस्थापकीय टोली बेलायत पुगेका हुन् ।

    मानवसेवा आश्रम सहयोगार्थ गायिका आनीले क्याम्बर्लीको लेकसाइड कन्ट्री क्लबमा ‘इनर मेलोडी फर इनर पिस’ कार्यक्रममा  सांगीतिक  प्रस्तुती दिन लागेकी हुन्।

    व्यवस्थापकिय तयारीको लागि नेपालबाट मानवसेवा आश्रमका केन्द्रीय महासचिव  शुशिला के.सी, केन्द्रीय सचिव एवं प्रवक्ता सुमन वर्तौला  र मानवसेवा आश्रम बेलायत च्यापटर कोषाध्यक्ष आदरणीय चन्द्र अर्यालज्यु नेपालबाट बेलायत प्रस्थान गरेका छन् ।

    कार्यक्रममा १५ सय जनाको सहभागिता गराउने र मानव सेवा आश्रमका लागि १ लाख पाउन्ड बढी सहयोग जुटाउने आयोजकको लक्ष्य रहेको छ ।

    यस्तै, कन्सर्ट पश्चात मे १८ तारिख सम्म मानवसेवा आश्रमको सेवा र भावी योजनाहरुको बारेमा बेलायतमा रहेका मानवताप्रेमी उदारमनाहरुमा जानकारी गराउन एवं नेपालमा भईरहेको मानवीय सेवा सन्दर्भमा अन्तर्क्रिरया कार्यक्रमहरु लागि MEET & GREET  कार्यक्रमको आयोजना गर्ने आयोजकको कार्यतालिका रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट