images

May 08 2024 | २०८१, वैशाख २६ गते

लुम्बिनीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो

लुम्बिनीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १२ २०८१
  • लुम्बिनीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो

    काठमाडौँ । लुम्बिनी प्रदेशका ७ जना विनाविभागीय मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

    images
    images

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।

    यस्तै, भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय धर्मबहादुर चौधरीलाई, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेतलाई र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । र, मुख्यमन्त्री महराले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार