images

May 17 2024 | २०८१, जेठ ४ गते

वेष्ट इण्डिज ‘ए’सँग नेपालको लज्जास्पद हार

वेष्ट इण्डिज ‘ए’सँग नेपालको लज्जास्पद हार

एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, वैशाख १९ २०८१
  • वेष्ट इण्डिज ‘ए’सँग नेपालको लज्जास्पद हार

    काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न टी २० शृङ्खलाको तेस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । वेष्ट इण्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ७६ रनले पराजित भएको हो ।

    images
    images

    ब्याटिङतर्फ नेपालका कुनै पनि ब्याटर चल्न सकेनन् । नेपालका लागि ९ औँ नम्बरमा ब्याटिङ गर्न गएका करण केसीले सर्वाधिक २८ रन बनाए । यस्तै लोकेश बमले २८ रन बनाए । २९ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे ।

    कुशल मल्लले २० र विनोद भण्डारीले १९ रन बनाए । अर्का ब्याटर अनिल साहले जम्मा १४ रन बनाउँदा अन्य खेलाडीहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२७ रनको योगफल बनाएको थियो । वेष्ट इण्डिजका जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा ११९ रन बनाए ।

    यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार