images

May 17 2024 | २०८१, जेठ ४ गते

एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
  • एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ । अघिल्लो दिन बुधबार तोलमा २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोलामा १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images

    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार रुपैयाँले बढ्दै १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार