Sep 08 2024 | २०८१, भदौ २३ गते

नेपाल टेलिकमले ९ महिनामा कमायो ५ अर्ब ५९ करोड

नेपाल टेलिकमले ९ महिनामा कमायो ५ अर्ब ५९ करोड

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३१ २०८१
  • नेपाल टेलिकमले ९ महिनामा कमायो ५ अर्ब ५९ करोड

    काठमाडौँ । चालू वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको कूल आम्दानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा आम्दानी ६.०३ प्रतिशतले घटेको हो ।

    images
    images

    गत आर्थिक वर्षको चैत मसान्त सम्ममा ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी थियो । गत वर्षको तुलनामा २ अर्ब ३७ लाख रुपैयाँले नाफा घट्दै चालू वर्षको तेस्रो त्रैमाससम्ममा ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँ कूल आम्दानी गरेको छ ।

    यस्तै चालू वर्षको तेस्रो त्रैमास अवधिमा २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कूल सञ्चालन आय छ । गत वर्षको यही अवधिमा कूल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार यस अवधिमा १ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ कूल सञ्चालन आय घटेको छ ।

    यो ६.८२ प्रतिशतको गिरावट हो । कूल आम्दानी र कूल सञ्चालन आय घटे पनि कम्पनीको नाफा भने बढेको छ । यस अवधिमा कम्पनीले ३.३६ प्रतिशत नाफा बढाएको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालू वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । यो १८ करोड १७ लाख ९३ हजार रुपैयाँको वृद्धि हो ।

    यस अवधिमा ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत वर्षको सोही तुलनामा ९४ करोड ४९ लाख २९ हजारले घटेको छ । यस्तै राष्ट्रको सञ्चार भएको बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट क्षेत्रमा समेत लगानी गर्दा लागत बढेको कम्पनीले बताएको छ ।

    यसबाहेक सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियम परिवर्तन भएको तथा बैंकको ब्याजदरमा आएको परिवर्तनले वित्तीय आम्दानी ५० करोड ७४ लाखले घटेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट