images

Jul 27 2024 | २०८१, साउन १२ गते

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १ २०८१
  • नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

    काठमाडौँ । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सि.एन.बैद्यले हस्ताक्षर गरेका हुन् । 

    images

    अब कोषका सहभागी, सेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने छ ।

    कोष सञ्चालक समितिका सदस्य, कोष कर्मचारी, र कर्मचारीका आश्रित परिवारले बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधि खरिदमा ५ प्रतिशत छुट पाउने छन् भने उपत्यका भित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ ।

    सहभागी र सहभागीका परिवारलाई  बेडमा १०, डाइग्नोष्टिकमा १०, औषधि खरिदमा  ५ र एम्बुलेन्स सेवामा २५ प्रतिशत छुट दिइने पनि सम्झौतामा उल्लेख गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार