Aug 12 2026 | २०८३, साउन २७ गते

असली नै रोजौ पुरस्कार जितौं, रेड्बुल पुरस्कार फुल 

असली नै रोजौ पुरस्कार जितौं, रेड्बुल पुरस्कार फुल 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन ११ २०८१
  • असली नै रोजौ पुरस्कार जितौं, रेड्बुल पुरस्कार फुल 

    काठमाडौँ । लाखौ क्यानमा छन् करौडौको पुरस्कार, जस अन्तर्गत रानीबनका उपभोक्ता केशब संग्रौलाले कलङ्की भाटभटेनी सुपरमार्केटबाट खरिद गरेको रेडबुलको पुलअप रिङ्ममा मोटरबाइक पारेका छन्। यसै अवसरमा सरस बेभरेजका मार्केटिंग मेनेजर अविरल पौड्याल,रिजनल सेल्स मेनेजर चिरन्जिबी पौडेल र रेडबुल काठमाडौँको आधिकारिक वितरक ज्ञानेन्द्र पौडेलले  मोटरसाइकल बिजेतालाई भटभटेनी सुपर मार्केट कलंकीमा शुक्रबार सामुहिक रुपमा चाबी हस्तान्तरण गरे । यस क्याम्पेनमा उपभोक्ताले पुरस्कारमा नगद, मोबाइल फोन, टेलिभिजन सेट, स्कुटर र कार समेत जित्न सक्नेछन्। 

    images

    Red Bull PurasCAR Full अन्तर्गत रेड्बुल क्यानको पुलअप रिङ्ग खोल्दा बजारमा धेरै पुरस्कार जित्ने सम्भावना रहेको छ। हरेक दिन हरेक महिना ५ हजार देखि १० हजारको दाबी  लिनेहरु बढ्नुका साथै अन्य साना पुरस्कारहरुमा निशुल्क रेड्बुल, रूपैया २ सय, ५ सय र हजार जित्ने उपभोक्ताहरु बढेको फिगरले हामीलाई थप हौसला मिलेको छ, साथै हरेक रेड्बुल बिक्रि केन्द्रबाट सजिलै उपभोक्ताले यी पुरस्कार दाबी गर्न सक्नेछन।

    एक बर्ष अगाडि नवलपुरमा ठुलो लगानीका साथ् अत्याधुनिक फ्याक्ट्री संचालनमा ल्याएको खेतान समुहले बिगतमा रेड्बुल CashFull तथा रेड्बुल PrizeFull क्याम्पेन सफल रूपमा संचालन गरिसकेको छ। सरस बेभरेजेजका महाप्रबन्धक निर्भिक प्रधानका अनुसार उक्त उद्योगले नेपालमा आन्तरिक उत्पादकत्व बढाउनुका साथै अर्थतन्त्रमा प्रत्यक्ष योगदान गर्दै आएको छ। नेपालमै उत्पादित रेडबुलमा असली इनर्जीका साथै लाखौ क्यानमा करोडौको पुरस्कार रहेकोले रेड्बुलले बजारमा आफ्नो उपस्थिति देखाउनुका साथै उपभोक्ताको ब्राण्ड प्रतिको बिस्वास पुनस् जित्न सफल भएकोमा गर्व लागेको बताए

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट