images

Jul 27 2024 | २०८१, साउन १२ गते

बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित

बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २ २०८१
  • बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित

    बैतडी । बैतडीका तीन स्थानमा हालै आयोजना गरिएका निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । शिवनाथ गाउँपालिकाको सुल्लेखान र सुर्नया गाउँपालिका तथा जिल्ला अस्पतालमा सम्पन्न शिविरबाट दुई हजारभन्दा बढी व्यक्ति जना लाभान्वित भएका हुन् ।

    images

    शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित शिविरबाट छ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए । 

    शिविरमा आएकामध्ये एक सय ६ जनाको आँखाको मोतियाबिन्दु र चार जनाको आँखामा पलाएको मासुको शल्यक्रिया गरिएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले शिविरमा सेवा लिएकाले  शल्यक्रियासहितको आँखासम्बन्धी सेवा पाएको बताए । 

    यस्तै सुर्नया गाउँपालिकाको शङ्करपुर स्वास्थ्यचौकीमा आयोजना गरिएको शिविरमा आठ सय पाँच जनाले सेवा लिएकोमा ९५ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । यसअघि जिल्ला अस्पताल बैतडीमा वैशाख २७ र २८ गते गरी दुई दिन सञ्चालन भएको शिविरमा पाँच सय ६५ जनाले सेवा लिएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार