images

Jul 27 2024 | २०८१, साउन १२ गते

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ४ २०८१
  • इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पु-याएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन् । 

    images

    इतिहासकार नेपालको निधनको खबरले आफूलाई दुःखी बनाएको राष्ट्रपति पौडेलले आज पठाएको समवेदना सन्देशमा उल्लेख छ । “तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्तावेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो”, समवेदना सन्देशमा भनिएको छ । 

    इतिहासकार नेपालका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका  कृति एवं कैयौँ अनुसन्धान तथा खोजमूलक लेखरचना चिरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिरहने राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले इतिहासकार नेपालका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार