Sep 20 2024 | २०८१, असोज ४ गते

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसहित आठ जना पक्राउ

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसहित आठ जना पक्राउ

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
  • पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसहित आठ जना पक्राउ

    काठमाडौँ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    images
    images

    पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।      

    उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।”  

    परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार