Sep 20 2024 | २०८१, असोज ४ गते

नाराबाजीका बीच पारित भयो राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव

नाराबाजीका बीच पारित भयो राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
  • नाराबाजीका बीच पारित भयो राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव

     

    images
    images

    काठमाडौँ । प्रतिनिधि सभामा नेपाली कांग्रेसको अवरोध रहिरहँदा राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा ध्वनी मतबाट धन्यवाद प्रस्ताव पारित भएको हो ।

    नेमकिपाका सांसद प्रेम सुवालले हुन्न भन्ने पक्षमा हात उठाइरहँदा सभामुखले भने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको बताएका थिए । बैठकमा कांग्रेसका सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहँदा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले जेठ १ गते गरेको सम्बोधनलाई प्रतिनिधि सभामा टेबल गर्न समय दिएका थिए । उनले रोस्ट्रमबाट राष्ट्रपतिको सम्बोधन टेलब गरिरहँदा वेल घेराउमा उत्रिएका कांग्रेसका सांसदहरूले भने नाराबाजी गरिरहेका थिए ।

    सभामुखले भने विपक्षी दलहरूको विरोधलाई बेवास्ता गर्दै धन्यवाद प्रस्तावलाई निर्णयार्थ पेस गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार