Sep 08 2024 | २०८१, भदौ २३ गते

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
  • ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प

    काठमाडौँ । सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको द क्लिफमा बञ्जी जम्प गरेका छन् । 

    images
    images

    सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थका सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थी अधिकृतले साहसिक तालिमअन्तर्गत आज बञ्जीजम्प गरेको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए । सशस्त्र प्रहरीका अधिकृतस्तरका प्रशिक्षार्थीलाई दिने साहसिक प्याकेजमा यसपटक बञ्जीजम्प थप गरिएको उनले बताए । 

    द क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी व्यक्त गरे। कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा स्वीङ, बन्जीजम्प, स्काइ साइक्लिङलगायतका विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट