images

Jul 27 2024 | २०८१, साउन १२ गते

पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यूगिनीद्वारा राष्ट्र सङ्घलाई जानकारी

पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यूगिनीद्वारा राष्ट्र सङ्घलाई जानकारी

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १४ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ १४ २०८१
  • पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यूगिनीद्वारा राष्ट्र सङ्घलाई जानकारी

    पपुवा न्यु गिनीले संयुक्त राष्ट्रसङ्घलाई सोमबार एङ्गा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एक गाउँमा शुक्रबार गएको भीषण पहिरोमा परी मृत्यु भएका व्यक्तिको सङ्ख्या दुई हजारभन्दा बढी रहेको जनाएको छ । उनीहरू पहिरोमा पुरिएको बताइएको छ । 

    images

    देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब ३ः०० बजे गाउँलेहरू सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति जीवितै पुरिएका छन् ।

    मुङ्गालो पर्वतको एउटा ठूलो भाग भत्किँदा सयौं घरहरू पुरिएपछि ठ्रलो सङ्ख्यामा स्थानीयको मृत्यु भएको हो । 

    पहिरोले भवन, खाद्यान्न बगैँचामा ठूलो क्षति पु¥याएको र यसले मुलुकको अर्थतन्त्रलाई नै ठूलो असर पारेको विपद् कार्यालयले जनाएको छ ।

    पहिरोका कारण पोर्गेरा खानी जाने मुख्य राजमार्ग ‘पूर्ण रूपमा अवरुद्ध’ भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूलाई सोमबार बिहान प्राप्त पत्रमा उल्लेख गरिएको छ ।

    “भूस्खलन क्रमिक रूपमा सर्ने क्रम जारी रहेकाले स्थिति अस्थिर रहेको र यसले उद्धार टोली र बाँचेका दुवैका लागि निरन्तर खतरा उत्पन्न गरेको छ,” उनले भने । 

    पत्रमा पपुवा न्युगिनीका विकास साझेदार र अन्य अन्तर्राष्ट्रिय मित्रलाई पछिल्लो अवस्थाबारे जानकारी दिन संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरिएको छ । विपद् केन्द्रमार्फत सहयोगको समन्वय गरिदिन आग्रह गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार