Sep 08 2024 | २०८१, भदौ २३ गते

पपुपा न्यूगिनिमा सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

पपुपा न्यूगिनिमा सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • पपुपा न्यूगिनिमा सक्दो सहयोग गर्न भारत तयार छ : प्रधानमन्त्री मोदी

    प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पपुवा न्यूगिनीमा पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या करिब छ सय सत्तरी जनाको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    images
    images

    प्रधानमन्त्री मोदीले पपुवा न्यूगिनीमा भएको घातक पहिरोबाट ज्यान गुमाएको र क्षति भएकोमा दुःख व्यक्त गरे । उनले यस दुखद् घडीमा भारत सबै सम्भव सहयोग गर्न तयार रहेको कुरामा जोड दिए । 

    पपुवा न्यू गिनीमा विनाशकारी पहिरोबाट भएको मानवीय र अन्य क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ । हामी पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र घाइतेको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछौँ । भारत सबै सम्भव सहयोग प्रदान गर्न तयार छ, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत भने । 

    गत हप्ता शुक्रबार उत्तरी पपुवा न्यूगिनीको पहाडी क्षेत्र एन्गामा विनासकारी पहिरो गएको हो । देशमा आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)का मिसन प्रमुखको अनुमानअनुसार पहिरोमा परी छ सय सत्तरी जनाको ज्यान गएको बताएका छन्। तर पपुवा न्यूगिनीको विपद् एजेन्सीको पछिल्लो प्रक्षेपणअनुसार यो आँकलन कम हुन सक्ने बताएका हुन् ।

    “पहिरोमा दुई हजारभन्दा बढी मानिस पुरिएका छन्, खेतीयोग्य जमिन तथा भवन विनाश भएका छन् । देशको अर्थतन्त्रमा ठूलो असर पारेको छ”, राष्ट्रिय विपद् केन्द्रका कार्यवाहक निर्देशक लुसेट लासो मानाले संयुक्त राष्ट्र सङ्घलाई लेखेको पत्रमा जानकारी गराए। 

    स्थिति अस्थिर छ, पहिरो बढ्दै गइरहेको छ, जसले उद्धार टोली र बाँचेका दुवैका लागि जोखिम छ, उनले् भने।
    अधिकारीका अनुसार यम्बली गाउँका एक सय पचासभन्दा बढी घर भासिएका छन् र यस क्षेत्र चरम जोखिममा रहेको छ बताएका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट