images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ।  मंगलबार संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१ र ८२ को बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१ र ८२  मा १६ लाख पर्यटक भित्राउनको लागी पर्यटन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिने बताएका हुन्। 

    images
    images
    images

    उनले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको  विकास र प्रर्वद्धनको लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार पारिने बताए। पर्यटकलाई १ द्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने उनले बताए।

    निजी क्षेत्रसँगको सहकार्यमा नेपाल भारत सिमानाकाबाट पशुपतिनाथ, स्वर्गद्वारी  मुक्तिनाथ दर्शनको लागी यातायात सेवा सञ्चालन गरि तीर्थयात्रीलाई सहज रुपमा प्रमुख धार्मिक स्थल दर्शन गर्न व्यवस्था मिलाइने उनले जनाए।

    मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका  प्रमुख पर्यटकीय क्षेत्रमा होटल स्थापना गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराइने उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार