Sep 21 2024 | २०८१, असोज ५ गते

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट, १२ अर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट, १२ अर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट, १२ अर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

    images
    images

    यो चालू आर्थिक वर्षका तुलनामा करीब ६ प्रतिशतले धेरै हो। आगामी वर्ष खर्च हुने प्रस्ताव गरिएको रकममध्ये चालू खर्चका लागि ११ खर्ब ४९ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ।

    त्यस्तै, पूँजीगत खर्चका लागि तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात् १८.९४ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थाका लागि तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ छुट्याइएको छ।

    आगामी वर्ष १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ। त्यसैगरी, ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान आउने अनुमान गरिएको छ। 

    राजस्व र अनुदानबाट प्राप्त रकमले अपुग हुने पाँच खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ आन्तरिक र बाह्य ऋण लिने प्रस्ताव गरिएको छ। यसमध्ये दुई खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ विदेशी ऋण र तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार