Sep 08 2024 | २०८१, भदौ २३ गते

पाकिस्तानमा बस भिरबाट खस्दा २८ जनाको मृत्यु

पाकिस्तानमा बस भिरबाट खस्दा २८ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
  • पाकिस्तानमा बस भिरबाट खस्दा २८ जनाको मृत्यु

    बलोचिस्तान । पाकिस्तानको दुर्गम प्रान्त बलुचिस्तानमा बुधवार बस दुघर्टना हुँदा २८ जनाको मृत्यु भएको छ । तीव्र गतिमा गुडिरहेको यात्रुवाहक बस भिरबाट खसेको थियो ।

    images
    images

    यस दुर्घटनामा महिला र बालबालिकासहित कम्तीमा २८ जनाको मृत्यु भएको छ । अरू २२ जना घाइते भएका छन् । घाइतेहरूको बसिमा निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    बस क्वेटा जाँदै थियो । बस बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट करिब ७०० किलोमिटर टाढा रहेको वासुक सहर नजिकै भिरमा खसेको हो ।

    तीव्र गतिका कारण सो दुघर्टना भएको बताइएको छ ।  अर्को एक मिडिया रिपोर्टमा भने बसको टायर फुटेका कारण दुर्घटना भएको भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट