Sep 19 2024 | २०८१, असोज ३ गते

कान्तिपुर टीभीकाे वार्षिकाेत्सवमा सुवेदीलाई अवार्ड

कान्तिपुर टीभीकाे वार्षिकाेत्सवमा सुवेदीलाई अवार्ड

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ३० २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ३० २०७९
  • कान्तिपुर टीभीकाे वार्षिकाेत्सवमा सुवेदीलाई अवार्ड

    काठमाडाैं । कान्तिपुर टीभीकाे १९ औं वार्षिकाेत्सवमा मिडिया उद्यमी हरी सुवेदीलाई विशेष अवार्ड प्रदान गरिएकाे छ । कान्तिपुर टीभीले वार्षिकाेत्सवकाे उपलक्ष्यमा हरेक वर्ष उत्कृष्ट मिडिया एजेन्सीलाई सम्मान गर्ने क्रममा सुवेदीलाई विहीवार अवार्ड प्रदान गरिएकाे हाे । 

    images
    images

    सुवेदी नेपालकाे उत्कृष्ट विज्ञापन एजेन्सीकाे रुपमा कहलिएकाे एडी रिलिजका प्रवन्ध निर्देशक हुन् । कान्तिपुर टीभीले यसपालिकाे  अवार्डलाई भने विशेष अवार्ड  घाेषणा गरिएकाे छ । टीभीले २ दशक पूरा गरेकाे अवसरमा गरेकाे  कार्यक्रम भएकाले एक विशेष अवार्ड भनिएकाे हाे । 

    कान्तिपुर टीभीकाे इतिहासमा २ दशक नै लगातार प्रवन्ध निर्देशक सुवेदीले सहयाेग गरेकै कारणले गर्दा र सर्वाधिक सहयाेग गर्ने व्यक्तित्व भएकै आधारमा अवार्ड प्रदान गरिएकाे कान्तिपुर टेलिभिजन नेटवर्कका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलास सिराेहियाले बताए । एडि रिलिजका प्रवन्ध निर्देशक सुवेदीलाई विशेष कार्यक्रमका वीच अध्यक्ष सिराेहियाले अवार्ड प्रदान गरेका थिए । 

    कार्यक्रममा म्याक्स मिडियाका सविन शाक्यलाई दाेस्राे उत्कृष्ट विज्ञापन उद्यमीका रुपमा सम्मान गरिएकाे थियाे । 

    हरेक वर्ष ३ एजेन्सीलाई अवार्ड गरिंदै आएकाेमा यसपटक भने २० वर्षकाे यात्रामा कान्तिपुर टीभीले सर्वाधिक सहयाेग गर्ने दुई उत्कृष्ट व्यक्तित्व तथा एजेन्सीलाई अवार्ड दिइएकाे हाे । 

    विगत २० वर्षमा गरेकाे बिजनेस भाेल्युम, दिगाे आर्थिक वृद्धि विकासका निम्ति अपनाएका सिर्जनशील तथा नवीन सल्लाह, सुझाव, तथा वित्तिय सुशासन तथा पारदर्शिताका आधारमा उक्त अवार्ड प्रदान गरिएकाे थियाे । 

    कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका र अन्य अतिथिहरुले सुवेदी र शाक्यकाे याेगदानकाे चर्चा गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट