images

Jul 27 2024 | २०८१, साउन १२ गते

भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन

भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन

    चितवन । जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो ।

    images

    अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको उक्त मेसिन अस्पताल ल्याइएको हो । ‘थ्री टेस्ला ६४ च्यानल’को उक्त उपकरण आधुनिक भएको भन्दै उनले मुटु, नसालगायत रोगको परीक्षणमा प्रभावकारी हुने बताए । 

    डा पौडेलले भने, “अत्याधुनिक भएकाले सबै खालका परीक्षण गर्न सकिन्छ । योसँगै अस्पतालबाट बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौँ ।” एमआरआई मेसिनबाट दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने उनको भनाइ छ ।
     
    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सबै सामग्री आइसकेकाले तीन साताभित्र सञ्चालनको तयारी भइरहेको छ । झन्डै १८ महिना पहिला सम्झौता गरेर अहिले उक्त उपकरण अस्पताल आइपुगेको उनले जानकारी दिए । 

    “भरतपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू छ । अहिले एमआरआई नहुँदा बिरामी रिफर गरेर बाहिर पठाउनुपर्ने बाध्यता थियो”, डा तिवारीले भने”, “अब बीमा र अन्य बिरामीले अस्पतालबाटै सहज सेवा पाउने भएका छन् ।” निजीको तुलनामा सस्तोमा एमआरआई हुने उनले जानकारी दिए । उनका अनुसार अहिले अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार